Logo

राजनीति

काठमाडौंको सिको गर्दै विराटनगर महागनरले पनि लगायो अवैध संरचनामा डोजर



विराटनगर । विराटनगर महानगरपालिकाले पनि अवैध रुपमा बनेका संरचनामा डोजर चलाएको छ । काठमाडौं महानगरपालिकाको सिको गर्दै विराटनगरले आजबाट सडक मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको हो ।

विराटनगर–३ स्थित कन्यामार्गमा सडक क्षेत्रभित्र परेको पर्खाल हटाएर अबैध संरचना हटाउने अभियान सुरु गरेको हो । उक्र वालका कारण नाला निर्माणको काम रोकिएको थियो । पर्खाल हटाएपछि अब नाला निर्माण गर्ने महानगरले जनाएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार सडक निर्माणमा अवरोध भएको स्थानका अवैध संरचना हटाउँदै लगिने छ । महानगरले नक्सा पास नगरेका संरचनाको नक्सा स्वीकृत गर्न सूचना पनि जारी गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार १७:३२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।