Logo

राजनीति

प्रहरीलाई प्रधानमन्त्रीले भने : कसैको दबाब र प्रभावमा परेर दायित्व कार्यान्वयनमा नचुक्नू



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई कसैको दबाब र प्रभावमा परेर संविधानले दिएको दायित्व कार्यान्वयनमा नचुक्न निर्देशन दिएका छन् । ६७औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण भएको भन्दै उक्त कर्तव्य पालना निसंकोच गर्न अनुरोध गरेका छन् ।

प्रधानमन्त्री देउवाले आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन भूमिका खेल्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष तरिकाले सम्पन्न गराएको भन्दै उनले आगामी निर्वाचन पनि त्यसैगरी सम्पन्न गराउन भूमिका खेल्न निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार ११:१३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।