Logo

प्रमुख समाचार

पार्टीमा महत्त्वपूर्ण जिम्मेवारीकाे आश्वासनपछि बुर्लाकोटीकाे उम्मेदवारी फिर्ता 



काठमाडौं । चितवन १ मा बागी उम्मेदवारी दिएका कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिने औपचारिक समय सकिसकेकाले उनले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका छन् ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँगको भेटपछि बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् । उनले आफूलाई पार्टीले महत्त्वपूर्ण जिम्मेवारी दिने बताएको समेत उल्लेख गरेका छन् । उनले कांग्रेसका उम्मेदवार विश्व पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्नेसमेत बताएका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार १७:४७   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।