काठमाडाैं । निर्वाचन आयाेगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका बेला सामाजिक संजाल फेसबुकबाट हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रणका सन्दर्भमा फेसबुकको मातृ कम्पनी मेटाका प्रतिनिधिसँग छलफल गरेकाे छ ।
आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको हाे । फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले निर्वाचन आयोगका पदाधिकारी र सूचना/प्रविधि हेर्ने विज्ञ टोलीसँग छलफल गरेको हाे ।
यसैगरी आज राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबीच छलफल भएको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियासहित आयुक्तहरूको सहभागिता रहेको थियो ।




















प्रतिक्रिया