Logo

अन्तर्राष्ट्रिय

बेलायती अभिनेत्री जोडी कमर बनिन् विश्वकै सुन्दरी महिला, दीपिका नवौं नम्बरमा



एजेन्सी । विश्वकै दश सुन्दरी महिला घोषित भएका छन् । पहिलो नम्बरमा बेलायती अभिनेत्री जोडी कमर रहेकी छन् । जोडीको अनुहारका सबै तत्वहरू शारीरिक पूर्णताको लागि मापन गरिएको र उनको नाक र ओठ मिलेकोले उनलाई विजेता घोषा गरिएको हो । उनले ९८.७ प्रतिशत अंक प्राप्त गरेकी छन् ।

यसैगरी किम कार्दशियन, बेला हदिद, बियोन्से, एरियाना ग्रान्डे र दीपिका पादुकोण १० सुन्दर महिलाको सूचीमा परेका छन् । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार विश्वका १० सुन्दर महिलाको सूचीमा भारतबाट दीपिका पादुकोण मात्रै परेकी छन्। उनी सूचीको नवौं स्थानमा छिन्।

‘गोल्डेन रेसियो अफ ब्यूटी’ नामक प्राचीन ग्रीक प्रविधिबाट कम्युटराइज्ड गर्दै विश्वका १० सुन्दर महिलाको सूची तयार पारिएको हो।

जोडी कमर
जेन्डाया

बेला हदिद
बियोन्से
एरियाना ग्रान्डे
टेलर स्विफ्ट
जोर्डन डन
किम कार्दशियन
दीपिका पादुकोण
होयोन जुङ

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार २१:५३   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।