Logo

प्रमुख समाचार

संविधानको रक्षा र आर्थिक समृद्धिका लागि गठबन्धनलाई नै भोट : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवाले नेपाल विकासको गतिमा अघि बढेको बताएका छन् । 

सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको प्राकृतिक सम्पदाबाट पनि राम्रो आम्दानी गर्नेगरी अघि बढिरहेको बताए । नेपालले बिजुली बेचेरै पनि आर्थिक समृद्धि गर्ने बताउँदै देउवाले भारतले बिजुली किन्ने सम्झौता गरेको बताए । ठूलोमात्रामा बिजुली उत्पादन गर्न सकेमात्र पनि नेपाल थोरै समयमै आर्थिकरुपमा सबल बन्ने बताए । 

जनताको आवश्यकता पूरा गर्दै देशलाई विकासको गतिमा अघि बढाउन वर्तमान गठबन्धननै आवश्यक रहेकाले गठबन्धनकै पक्षमा मतदान गर्न पनि मतदातालाई आग्रह गरे । गठबन्धनको सरकार बनेपछि मुलुकको आर्थिक अवस्थामा सुधार हुँदै आएको देउवाको दाबी छ । 

उनले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई नै मतदान गर्न आग्रह गरे । 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार १५:३४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।