काठमाडौं । नेकपा एकीकृत समाजवादीले डडेलधुरामा केन्द्रको सहमतिविरीत बीपी कांग्रेससँग गरेको तालमेल तोड्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ । डडेलधुरा प्रदेश सभा ‘ख’ मा जिल्ला कमिटीले बीपी कांग्रेससँग तालमेल गरेको थियो ।
यो सहमतिअनुसार एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका कांग्रेस बीपीका कर्ण मल्ललाई र प्रदेशसभा ‘ख’ मा बीपी कांग्रेसले डा. ताराप्रसाद जोशीलाई सघाउनुपर्ने थियो ।
तर एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले २४ घण्टाभित्र उम्मेदवारी निष्क्रिय बनाउन केन्द्रीय सदस्य जोशीलाई निर्देशन दिएका छन् । साथै जिल्ला अध्यक्ष कविन्द्र विष्टलाई पार्टी निर्णय विपरीत काम नगर्न निर्देशन दिएका छन् ।





















प्रतिक्रिया