Logo

प्रमुख समाचार

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार, आजदेखि चुनावी कार्यक्रममा सक्रिय हुने



झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ । ओलीले सामाजिक सञ्जलामार्फत आफू बुधबार गृहजिल्ला झापाको कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् । ‘दमकबाट शुभप्रभात, नमस्कार ! आज बिहान ११ बजे धुलाबारीमा झापा क्षेत्र नं १ को र २ बजे दमकमा क्षेत्र न ५ को कार्यक्रममा हुनेछु,’ उनले भनेका छन् । 

यसअघि मंगलबार दिउँसो झापा पुगेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि दमकस्थित निवासमै आरामरत थिए । उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए ।

ओली तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन झापा पुगेका हुन् । 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार ०७:२१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।