Logo

मनोरञ्जन

वरुण र कृतिको हरर-कमेडी फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक



काठमाडौं । वरुण धवन र कृति सेनन स्टार बलिउड फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक भएको छ । हरर-कमेडी जनराको यो फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् ।

ट्रेलरमा वरुणमा देखिएको अवस्था असामान्य अवस्थालाई चित्रण गरिएको छ । फिल्ममा वरुणकी प्रेमिकाको भूमिकामा रहेकी कृति छोटो र स्टाइलिस कपालमा प्रस्तुत छिन् ।

जियो स्टुडियोज र दिनेश भिजनको प्रस्तुति रहेको भेडिया आगामी नोभेम्बर २५ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार १३:२८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।