काठमाडौं । निर्वाचन आयोगले बारा–४ का प्रतिनिधिसभा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। उम्मेदवार श्रेष्ठले आचारसंहिताको उल्लंघन हुने बेरोजगार युवालाई फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडिओ प्राप्त भएको भन्दै आयोगले स्पष्टीकरण मागेको हो।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै आयोगले ‘बारा लगायतका जिल्लाबाट युवाहरुलाई जम्मा गरी प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो भनी पत्र पठाएको छ ।




















प्रतिक्रिया