पाेखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्तिम दिनको केही खेलहरूका स्पर्धा बाँकी रहँदासम्म आर्मीले १५० स्वर्ण जितेको छ । त्रिभुवन आर्मी क्लबले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ ।
आर्मीले सहभागिता जनाएका हरेक खेलमा पकड जमाएको छ । आर्मीले शारीरिक सुगठन, फेन्सिङ, पौडी, बक्सिङ लगायतका खेलमा सर्वाधिक स्वर्णसहित पदक जित्दै च्याम्पियन बनेको छ । सातौँ र आठौँको च्याम्पियन आर्मी यसपटक पनि सर्वाधिक पदक जित्दै च्याम्पियन बन्ने बाटोमा पुगिसकेकाे छ ।
आर्मीले दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले भन्दा झण्डै तेब्बर बढी स्वर्ण जितेको छ । आर्मीले १५० स्वर्ण, ९४ रजत र ७० कास्य गरी कुल ३१४ पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत ५९ कास्य गरी १५८ पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको एपीएफले ४२ स्वर्ण ५७ रजत र ७७ कास्य गरी कुल १७६ पदक जितेको छ । घरेलु गण्डकी प्रदेशले २९ स्वर्ण, २८ रजत र ४९ कास्य गरी कुल १०६ पदक जितेको छ ।





















प्रतिक्रिया