Logo

बैंकिङ

एनआईसी बैंकले लियो  ‘डिजिटल उत्सव’ योजना, डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट



एन आई सी एशिया बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकका ग्राहकहरूले १ कार्तिक देखि ५ मंसिर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सकिने छ । 

यस योजनामा बैंकका मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याक प्राप्त गर्न सकिने छ । 

देशव्यापी महामारीका कारण सामाजिक दुरी कायम राख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई बैंकले आफ्नो उत्तरदायित्व महसुश गर्दै वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वको अवसरमा ग्राहकलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरू खरिद गर्न ल्याएको ‘डिजिटल उत्सव’ योजना सहज एवं सुरक्षित हुने बैंकको विश्वास रहेको छ । 

चाडपर्वको कोशेलीस्वरूप ल्याइएको यस योजनाले आम ग्राहक महानुभावहरूको समेत डिजिटल कारोबारमा पहुँच पु¥याउदै मुलुकमा नगदरहित कारोबारको विस्तार गर्न थप सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।

बैंकले ल्याएको यस योजना अन्तर्गत ग्राहकहरूले विभिन्न इलेक्ट्रोनिक्स सामग्री, गरगहना, ग्याजेट, सवारी साधन, खाद्यान्न, हेलिकप्टर टुर लगायत विभिन्न सामग्रीहरू सर्वाधिक नगद छुट तथा क्यास ब्याकमा खरिद गर्न सकिने छ ।

संक्रमणको जोखिम कम गर्न अनलाइन किनमेललाई प्रोत्साहन गर्न Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam / Kalmart जस्ता ई–कमर्शबाट बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ताको योजना २७ असोज देखि १ कार्तिक २०७७ सम्म र ग्राहकहरूले MoBank बाट भुक्तानी गर्दा Happy Hour योजनाबाट रू. ४०० Super Six Campaign योजनाबाट रू. ५०० तथा अनलाइनबाट खाता खोली पहिलोपटक MoBank  मार्फत कारोबार गर्दा रू. ५०० गरी मासिक रुपमा रू. १,४०० सम्मको नगदफिर्ताको योजना समेत बैंकले सञ्चालन गरिरहेको छ । साथै बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । 

हाल बैंकले मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  १२ : ५९ बजे