Logo

बैंकिङ

सानिमा बैंकले लाभांश वितरण गर्दै



सानिमा बैंकले लाभांश वितरण गर्ने भएको छ । बैंकले  लगानीकर्तालाई १३.६० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १० प्रतिशत बोनस र कर सहित ३.६० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

बैंकले ८८ करोड १ लाख ३८ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्ने जनाएको छ भने ३१ करोड ६८ लाख ४९ करोड ६ सय ८०रुपैयाँ नगद लाभांश दिनेछ  । यो लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति  र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउने छन् । 

बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख १८ हजार हुनेछ । हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले ११।०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत  बोनस सेयर वितरण गरेको थियो ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  १ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।