Logo

राजनीति

पूर्व प्रधानमन्त्रीहरु लर्को लागेर संसद् नजाऔं, त्याग गराैं : बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अब पूर्वप्रधानमन्त्रीहरु संसदमा जान जरुरी नभएको बताएका छन् । उनले पुराना पुस्ताले धेरै लोभलालच गर्न नहुने बताउँदै पूर्वप्रधानमन्त्री भइसकेका नेताहरु फेरि लर्को लागेर संसदमा जान जरुरी नभएको बताए ।

शुक्रबार राजधानीमा भएको सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रममा भट्टराईले देश र जनताको लागि त्याग र बलिदान गर्न पनि सक्नुपर्ने बताए । उनले भने, ‘पदमा बसेर मात्रै पदै सबै थोक हो भनेर मान्छे महान हुँदैन । देश र जनताको लागि त्याग र बलिदान गर्न पनि सक्नुपर्छ । त्याग र बलिदान गर्ने व्यक्तिको नै इतिहासले मुल्याङकन गर्छ ।’

यद्यपि अर्को पुस्तालाई हस्तान्तरण गर्न पनि केही समय लाग्ने भएकाले सबैले छाहिहाल्न भने नहुने भट्टराईले बताए । केही मान्छेहरुले यो पाँच वर्षमा राम्रो तयार गरेर विकासको गति अगाडि बढेर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड उनको जोड थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार ११:११   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।