Logo

प्रमुख समाचार

गठबन्धनमा आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुन्छ : प्रचण्ड



पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चुनावमा आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान नलिन सत्ता गठबन्धनका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । कतिपयलाई गठबन्धनमा अर्को दलको निर्वाचन चिह्न स्वीकार गर्न गाह्रो भएको भन्ने सुनिएको भन्दै उनले आफ्नै पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती भएको बताए ।

सत्ता गठबन्धनले शुक्रबार पोखरामा गरेको कार्यक्रममा प्रचण्डले भने, ‘हसिया हथौडालाई रूखमा, रूखलाई हसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं । गठबन्धन गर्दा नै सबै चिनाव चिह्न स्वीकार गरेका हौं । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ ।’ संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै प्रचण्डले यसको लाभ पनि दलहरुले पाएको बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले ‘गोरुगाढा सिद्धान्त’ अपनाउन लागेपछि गठबन्धन बनेको भन्दै कटाक्ष पनि गरेका छन् । उनले गठबन्धन गोरुगाढा सिद्धान्तको विपरीत बनेकाले संविधान, लोकतन्त्र र राष्ट्रका रक्षा निम्ति कायम नै रहने बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार १४:०४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।