Logo

प्रमुख समाचार

संविधान रक्षार्थ बनेको गठबनधन प्राकृतिक र पवित्र : माधव नेपाल



पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन संविधान रक्षार्थ बनेको भन्दै प्राकृतिक र पवित्र भएको बताएका छन् । पोखरामा आयोजित गठबन्धनको प्रादेशिक भेलामा सम्बोधन गर्दै उनले गठबन्धन नेकपा एमालेले भनेजस्तो ‘अप्राकृतिक’ नभएको दाबी गरे ।

गठबन्धनको ध्यान सत्तामा पुग्ने मात्र नभई जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बढाउन लाग्ने उनले बताए । रोजगारी दिन नसके लुटेर विदेश पठाउने नेताहरू भएको भन्दै उनीहरूलाई कारबाही गर्नुपर्ने नेपालको भनाइ छ ।

एमाले र जनता समाजवादी पार्टीलगायतको गठबन्धन प्रतिगामी गठबन्धन भएको उनको आरोप छ । विकासका नाममा विनाश गर्न उनीहरू एकजुट भएको भन्दै त्यो भ्रष्टाचारमा चुर्लुम्म डुब्ने प्रतिगमनकारी गठबन्धन भएको बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार १५:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।