Logo

अर्थ

तिहार नजिकिएसँगै बजारमा बढ्यो चहलपहल (फोटोफिचर)



काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आउन केही मात्र बाँकी छ । तिहार नजिकिएसँगै काठमाडौं उपत्यकासँगै देशभरका विभिन्न बजारमा किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ ।

बजारमा सबैभन्दा चलायमान हुने भनेकै दसैँ र तिहारमा हो । अन्य समयको तुलनामा भन्दा यस समयमा २० प्रतिशतभन्दा बढी आर्थिक गतिविधि हुने गर्छ ।

दसैँमा खसीबोका र मासु अधिक खपत हुने गर्छ भने तिहारमा भाइमसला, भाडाकुँडा, मिठाई, सजावटका सामग्री, फूलमालाहरु अधिक खपत हुने गर्छ ।

आज हामीले काठमाडौंकै सबैभन्दा व्यस्त शहर असन, भोटाहिटी, न्यूरोड लगायत स्थानको बजारको चहलपहलको तस्बिर कैद गरेका छौँ ।

हेर्नुहोस् तिहारमा बजारको चहलपहल

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार १६:१९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।