Logo

राजनीति

अमेरिकी राजदूत थम्पसनले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र



काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा थम्पसनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

त्यस क्रममा राजदूत थम्पसनले नेपालका लागि राजदूतका रुपमा काम गर्न पाउनु सम्मानको विषय भएको बताए । राजदूत र्याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्किएसँगै नयाँ राजदूतमा थम्पसन नियुक्त भएर आएका हुन् । बेरी २०१८ को अक्टोबरमा राजदूतका रूपमा नेपाल आएका थिए।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार १८:५२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।