Logo

बैंकिङ

इन्भेष्टिमेन्ट बैंकले  सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्दै



नेपाल इन्भेष्टिमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने भएको छ । सोही प्रयोजनका लागि बुधबार बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । 
भर्चुअल माध्यमबाट भएको साधारणसभा सिटी एक्सप्रेसलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिटी एक्सप्रेसलाई १००ः३० अर्थात् सो कम्पनीको १०० कित्ता शेयर बापत नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर दिने शेयर स्वाप अनुपातमा फाइनान्सलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । 
४० करोड चुक्ता पूँजी रहेको सिटी एक्सप्रेसलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी रु १४.३७ अर्ब हुनेछ र प्रवद्र्धकहरुको शेयर स्वामित्व ६८।४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु शेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  १ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।