Logo

राजनीति

देउवाकाे प्रश्न : ओलीले गठबन्धन गर्न हुने हामीले नहुने ?



विराटनगर । प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन स्वभाविक रहेको बताएका छन् । विराटनगरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले संविधान रक्षाका निम्ति बनेको पाँच दलीय गठबन्धन स्वभाविक रहेको बताएका हुन् ।

एमालेले सत्ता गठबन्धनमाथि प्रश्न उठाएको प्रसंग निकाल्दै देउवाले त्यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीलमाथि प्रश्न समेत गरेका छन् ‘ओलीले पनि  गठबन्धन गर्नुभएकै छ । उहाँले गर्दा हुने हामीले गर्न नहुने ?’ उनको प्रश्न छ ।

गठबन्धनबारे कुनै पनि द्वविधामा नरहन देउवाले कार्यकर्तालाई आग्रह गरेका छन् । ‘हामीले एक अर्काको चुनाव चिन्हमा भोट हालौँ । कुनैपनि हालतले गठबन्धनले जित्नुपर्छ,’ उनले भने ।

गठबन्धनले बहुमत ल्याएमा सबैका लागि अवसर सिर्जना हुने देउवाको आश्वासन छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार १३:५५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।