Logo

खेलकुद

देशको भविष्य आगामी निर्वाचनले तय गर्छ : बरिष्ठ उपाध्यक्ष पोखरेल



काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आगामी निर्वाचन निर्वाचनमात्र नभई देशको भाग्यको फैसला गर्ने अवसर भएको बताए । 

काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले देश निर्माणको जिम्मेवारी सम्हाले जनप्रतिनिधि निर्वाचनबाट आउने भएकाले मतले नै देशको भाग्य र भविष्य निर्धारण गर्ने बताए ।  नेपालको खेलकुद क्षेत्रको विकास एमालेमात्रै गर्न सक्ने भन्दै उनले  खेलकुदसम्बन्धी ठूलाठूला पूर्वाधारका काम एमाले नेतृत्वको सरकारले मात्रै गरेको दावी गरे । 

कीर्तिपुर रंगशालाको स्तरोन्नती, सातै प्रदेशमा क्रिकेट रंगशाला निर्माण अघि बढाउने, एक पालिका एक खेलकुदग्रामको कार्यक्रम अन्तर्गत करिव दुईसय पालिकामा कामको सुरुवातलगायतका काम एमाले सरकारले नै गरेको उनले बताए । प्रत्येक जिल्लामा खेलकुद संरचना निर्माणका साथै समानुपातिक बजेट वितरण पनि एमालेले नै थालेको उनको भनाइ छ । 

पोखरेलले खेलाडी बीमा कार्यक्रमको सुरुवात एमालेले गरेको दावी गर्दै आगामी दिनमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार १५:४८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।