Logo

प्रमुख समाचार

देशको विकास गर्न गगनको नेतृत्व आवश्यक छ :  स्वर्णिम वाग्ले



काठमाडौं । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले काठमाडौं क्षेत्र नम्बर चारसँगै सिंगो देशको विकास गर्न गगनको नेतृत्व आवश्यक रहेको बताए ।

‘उहाँको प्रस्तुति तयारीसहितको तथ्यमा टेकेर विज्ञहरूको कुरा सुनेर हुन्छ । गएको संसद्मा पनि गगन थापा र मीनेन्द्र रिजालको मात्र उपस्थित बलियो थियो,’ उनले भने । 

विगतमा ओलीको दुईतिहाइ सरकारलाई उत्तरदायी बनाउने काम थापाबाट मात्र भएको वाग्लेको भनाइ छ । ‘ओलीको दुईतिहाइ सरकारलाई अलिकति भए पनि उत्तरदायी बनाउने काम उहाँबाट भएकै हो । कोभिडको समयमा सरकारसँग मिलेर काम गर्न चाहेको, स्वास्थ्य बिमाका विषयको विषय उदाहरण हुन् ।’

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार ०७:५१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।