Logo

प्रमुख समाचार

मंसिर ४ गते अग्रगमन र प्रतिगमनबीचको महासंग्राम हुँदैछ : प्रचण्ड



धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते निर्वाचनलाई प्रतिगमन र अग्रगमन चाहने बीचको महासंग्राम हुने बताएका छन् । 

आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकातिर अग्रगमन चाहने ५ दलीय गठबन्धन र अर्कोतिर प्रतिगमन चाहने गठबन्धनबीच आगामी निर्वाचनमा प्रतिस्पर्धा भइरहेको बताएका हुन् ।

उनले संविधान, गणतन्त्रको रक्षाको लागि वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने विचार व्यक्त गरे । त्यस्तै, अध्यक्ष प्रचण्डले गठबन्धन दल विजयी भए पहिलो एजेण्डा नै आर्थिक क्रान्ति हुने बताएका छन् । जितेलगत्तै आफूहरुको  ध्यान आर्थिक क्रान्ति, रोजगारी सिर्जना, आर्थिक समृद्धि, राजनीतिक परिवर्तनलाई दीगो बनाउनमा केन्द्रीत हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १४:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।