Logo

सूचना/प्रविधि

भोलिबाट यी फोनमा ह्वाट्सएप नचल्ने



काठमाण्डौ । लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएप भोलि अक्टोर २४ बाट धेरै फोनहरुमा नचल्ने भएको छ । प्रयोगकर्ताले अब ह्वाट्सएप प्रयोग गर्न आफ्नो डिभाइस परिवर्तन गर्नुपर्ने भएको छ ।

पुरानो एप्पल आइफोनमा ह्वाट्सएप बन्द हुनेछ । कम्पनीले यसको आधिकारिक जानकारी यसअघि नै दिएको थियो । यसबाहेक पुरानो आईओएस भर्जनमा चल्ने आईफोन प्रयोगकर्ताले पनि ह्वाट्सएप प्रयोग जारी राख्न आईओएस संस्करण अपडेट गर्नुपर्नेछ ।

ह्वाट्सएप भोलि अक्टोबर २४ देखि आईओएस १० र आईओएस ११ मा काम गर्ने छैन । आइफोन ५ र आइफोन ५एसले मात्र आईओएस १० र आईओएस ११ मा काम गर्छ । जसका कारण भोलिदेखि यी डिभाइसमा ह्वाट्सएपले काम गर्ने छैन । यसको मतलब प्रयोगकर्ताले आफ्नो फोन अपग्रेड गर्नुपर्छ ।

कम्पनीले आईफोन ५ र आईफोन ५ एसलाई पनि यसबारे सूचना दिएको छ। यी फोन प्रयोगकर्तालाई भनिएको छ कि ह्वाट्सएपले चाँडै उनीहरुको फोनमा काम गर्न बन्द गर्नेछ । प्रयोगकर्ताहरुले ह्वाट्सएप प्रयोग गर्न नयाँ आइफोनमा अपग्रेड गर्न आवश्यक छ ।

यदि प्रयोगकर्ताको आईफोन अझै पनि आईओएस १० र ११ मा काम गरिरहेको छ भने यसलाई तुरुन्तै अपडेट गर्नुपर्नेछ । यसका लागि फोनको सेटिङमा गएर जनरल सेक्सनमा जानुपर्छ । त्यसपछि फोन सफ्टवेयर अपग्रेड पर्छ । –एजेन्सी

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १८:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।