Logo

खेलकुद

टोटेनहममाथि न्युक्यासलको जीत



काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले टोटेनहम हट्सपरलाई पराजित गरेको छ । आइतवार राति न्युक्यासलले घरेलु टोली टोटेनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

यस सिजन उत्कृष्ट शुरूवात गरेको न्युक्यासलले पछिल्लो जीत सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । महत्वपुर्ण खेलमा जीत निकाल्दै न्युक्यासलले आफुलाई च्याम्पियन्स लिगको छनोट हुने स्थानमा उभ्याएको छ ।

उसले १२ खेलबाट २१ अंक जोडेको छ । टोटेनहम २३ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ । अन्य खेलमा एस्टन भिल्लो ब्रेन्टफोर्डलाई ४–० ले पराजित गरेको छ । 

लिड्स घरेलु मैदानमा फुलहमसँग ३–२ ले हार्दा लेस्टरले उल्भ्सलाई उसैको मैदानमा ४–० ले पराजित गरेको छ  । 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार ०६:५३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।