Logo

खेलकुद

बर्नमाउथलाई हराएर वेस्ट ह्याम दसौं स्थानमा



काठमाडौं । कर्ट जुमाको विवादास्पद गोलमा वेस्ट ह्यामले सोमबार बर्नमाउथलाई २–० ले हराएर इंग्लिस प्रिमियर लिगको दसौं स्थानमा छलाङ मारेको छ । यो जितपछि वेस्ट ह्यामको १२ खेलबाट १४ अंक भएको छ र सात स्थान माथि उक्लिन सफल भएको छ ।

लिगमा खराब सुरुवात गरेको वेस्ट ह्याम जितसँगै लिग तालिकाको शीर्ष दमा पुगेको हो । बर्नमाउथ भने १३ अंकसहित १४ औं स्थानमा छ । हाफ टाइम अगाडि जुमानले हेडबाट गरेको गोल अगाडि वेस्ट ह्यामका डिफेन्डर थिलो केहररले बल ह्यान्ड गरेको बर्नमाउथको दाबी थियो ।

तर त्यसलाई ‘भार’ ले भने स्विकारेन् र खेल विवादास्पन रह्यो । खेलको ९१औँ मिनेटमा वेस्ट ह्यामले पेनाल्टी प्रहारको अवसर पायो र त्यसमा सइड बनेराहमले गोल गरे ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार ०७:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।