काठमाडौं । अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली र श्रीलङ्का भिड्दैछन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार अपराह्न ४:४५ बाट सुरु हुनेछ ।
अष्ट्रेलियाले आफ्नो पहिलो खेलमा न्युजिल्याण्डसँग हार व्यहोरेको थियो । यता केही समयअगाडिको एसिया कप विजेता श्रीलङ्कन टोलीले भने समूह चरणबाट सुपर १२ मा क्वालिफाइ हुँदै आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई हराएको थियो ।
हाल अंक तालिकामा पुछारमा रहेकाले अष्ट्रेलियालाई खेल जित्नैपर्ने दबाब छ । श्रीलङ्का अंक तालिकामा दोस्रो स्थानमा छ । उसलाई पनि आजको खेलमा जित हात पारेर प्रतियोगितालाई सुखद् बनाउनु छ ।




















प्रतिक्रिया