काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘नो नट अगेन’ अभियानमा आफ्नो फोटो जोडिएकोप्रति असन्तुष्टि प्रकट गरेका छन् । बिहीबार एक ट्वीट गर्दै अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा फोहोर ओकल्नेहरूको हिसाब इतिहासले राख्नेछ भन्दै असन्तुष्टि जनाएका हुन् ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएदेखि नै पुराना नेता वा पटकपटक प्रधानमन्त्री र मन्त्री भइसकेका व्यक्तिलाई भोट नदिन भन्दै सामाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियान चलेको छ ।
आफ्नो फोटो र नाम जोडिँदा अध्यक्ष भट्टराईले ट्वीटरमा लेखेका छन्, “जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढङ्गको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ, उसको समेत फोटो राखेर अनर्गल दुष्प्रचार गर्नेहरू कुन ग्रहबाट आएका हुन् ? उनीहरूको चर्मचक्षु भएपनि ज्ञानचक्षु छैन कि ? सामाजिक सञ्जालमा फोहर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ !”
आफू चुनावी प्रतिस्पर्धामा नभएकाले आफ्नो नाम उक्त सूचीमा नहुनुपर्ने भट्टराईको तर्क छ । निर्वाचन आयोगको निर्देशनपछि पनि सामाजिक सञ्जालमा त्यस्ता पेज तथा ग्रुपहरू सक्रिय छन् ।




















प्रतिक्रिया