काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वोर पोखरेलले एमालेले नजिते देशले दु:ख पाउने बताएका छन् । एमाले सोलु-काठमाडौं सम्पर्क मञ्चले सुकेधारामा आयोजना गरेको कर्याकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘यो निर्वाचन एउटा निर्वाचन मात्रै होइन, एउटा लडाइँ हो । यो एउटा जनमत संग्रह हो । एमालेलाई जित्ने छुट छैन्,’ उनले भने, ‘एमालेले जित्नु भनेको देश र विचार ले जित्नु हो । यो भनेको देशलाई सही दिशा दिनु पनि हो ।’ उनले आगामी निर्वाचन देशको भाग्य र भविष्य निर्धारण गर्ने अवसर भएको पनि बताए ।
नेता पोखरेलले गठबन्धन दलहरुप्रति खराे व्यंग्य प्रहार गरे । एमालेबाट विभाजित भएर बनेको दल एकीकृत समाजवादीलाई लक्षित गर्दै भने, ‘यो देशमा केही जोक्करहरु देखा परेका छन् । जम्मा २० सिटमा उम्मेदवारी दिन्छन् र देश चलाउँछु भन्छन् ।’ उनले गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसलाई पनि व्यंग्य गर्दै भने, ‘अर्को जोक्कर पनि छन् । जम्म ४३/४४ सिटमा उम्मेदवारी दिन्छन् र भन्छन्, अब त म प्रधानमन्त्री भएँ-भएँ भन्छन् । यो लाज्मर्दो कुरा, जम्मा ८०/९० सिटमा उम्मेदवारी दिने कांग्रेसले भन्छ, देशको नेतृत्व गर्छु ।’
नेता पोखरेलले अब उनीहरु इतिहासको अन्तिम घडिमा छ्ट्पटाइरहेको र अब उनीहरुको गड्गडाहट सकिने चेतावनी समेत दिएका छन् । उनले स्थानीय तह चुनावमा एमाले सिध्याउँछौं भने पनि आफै सकिने बाटोमा गरेको टिप्पणी गरे ।
उनले जहिलेसम्म एमाले पहिलो पार्टी हुँदैन र दह्रो नेता देशले पाउँदैन, तबसम्म देशले सुख नपाउने उनले ठोकुवा गरे । कार्यक्रममा अन्य विभिन्न दल त्याग गरी एक दर्जन बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।




















प्रतिक्रिया