काठमाडौं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य क्रम हुसेन जप्रपा परित्याग गरि नेपाली कांग्रेस प्रवेस गरेका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले सुस्ताको ठाडिघाटमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले हुसेनलाई पार्टी प्रवेश गराएका हुन ।
स्थानीय तह निर्वाचनमा आधिकारिक उम्मेदवारलाई छोडी अन्यलाई सघाएको र पार्टीभित्रै आफूलाई उपेक्षा गरिएको क्रम हुसेनले बताएका छन् ।
उनले त्रिपाठीले आफूलाई सधैं प्रयोग गरेको र संगठनको भविष्य समेत नरहेकाले आफूले नेपाली काङ्ग्रेस रोजेको बताए । सुस्तामा क्रम हुसेनसहित अन्य दलबाट समेत कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका छन् ।




















प्रतिक्रिया