Logo

खेलकुद

पीएसजीको जितमा मेसी, एमबाप्पे र नेयमारको गोल



पेरिस । लियोनल मेसी, केयलिन एमबाप्पे र नेयमार तीनै जनाले गोल गरेपछि डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार ट्रोयसलाई ४–३ ले हराएको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीले दुई पल्ट पछाडि रहेको स्थिति उल्टाएको हो ।

मेसी र नेयमारले एक एक गोल गर्ने अर्को एक एक गोलमा अवसर पनि सिर्जना गरे । एमबाप्पेले भने पेनाल्टीबाट गोल गरे । यो सिजन यी तीन खेलाडी संयुक्त रूपमा ४३ गोल गरिसकेका छन् ।

पीएसजीको यो जितपछि १३ खेलबाट ३५ अंक भएको छ । शनिबारकै अर्को खेलमा स्ट्रसबर्ग र मार्सेले २–२ को बराबरी खेले । मार्से २४ अंकमा पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार ०८:०७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।