काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । उनले सार्वजनिक लाभको पद धारण गरेकोले उम्मेदवार बन्न अयोग्य रहेको आयोगले ठहर गरेको हो ।
डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भइ लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो । उक्त उजूरीमाथि छानविन गर्दा कार्की उम्मेदवार बन्न अयोग्य देखिएको आयोगले जनाएको छ ।
‘निज उम्मेदवार डा. कार्की मिति २०७८/९/२ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९/१/९ देखि मिति २०७१/५/२ सम्म भत्ता बुझेको पाइयो,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




















प्रतिक्रिया