काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज साँझ भर्चुअल सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा विदेशस्थित जनसम्पर्क समितिको भूमिकाबारे सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
कांग्रेस केन्द्रीय प्रचार–प्रसार समितिकाे आयोजनामा साँझ साढे ५ बजेलाई तय गरेको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले पनि सम्बोधन गर्ने बताइएको छ ।
त्यसैगरी महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, पार्टी प्रवक्ता एवम् प्रचार प्रसार संयोजक डा. प्रकाशशरण महत, नेता डा. शेखर कोइरालाले पनि भर्चुअल सम्बोधन गर्ने जानकारी दिइएको छ ।




















प्रतिक्रिया