Logo

अर्थ

एकैदिन १ हजारले घट्यो सुनको मूल्य



काठमाडौं । तिहार सकिएसँगै नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार सय १५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार ११:५३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।