सानिमा बैंक लिमिटेडले सप्तरीको बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरेको छ । बैंकले आफ्नो बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा बोदेबर्साइनमा काउन्टर सञ्चालनमा ल्याएको हो । सानिमा बैंकको बोदेबर्साइन विस्तारित काउन्टर आज बुधबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । बोदेबर्साइन नगरपालिका वडा नं ५ स्थित सो काउन्टरको समुद्घाटन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरे ।
निमा बैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
प्रतिक्रिया