Logo

अर्थ

१६ प्रतिशतले घट्यो आयात, तीन महिनामा ३ खर्ब ५९ अर्बको व्यापार घाटा



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालले ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा वस्तु आयात १६.२० प्रतिशतले आयात घटेको छ ।

भन्सार विभागको तथ्याङ्अनुसार गत वर्षको तीन महिनाको अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

त्यस्तै, तीन महिनाको अवधिमा नेपालले ४१ अर्ब ८२ करोड २ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । निर्यात पनि ३६ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा नेपालले ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

असोज मसान्तसम्म नेपालले ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो ।

त्यस्तै, नेपालले तीन महिनाको अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड ८५ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार १६:२१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।