Logo

अन्तर्राष्ट्रिय

भेरिफिकेसन प्रक्रिया परिमार्जन गर्दै ट्विटर, ब्लू टिकलाई मासिक शुल्क !



एजेन्सी । सामाजिक सञ्जाल ट्विटरले प्रयोगकर्ता प्रमाणिकरण (भेरिफिकेसन) प्रक्रियालाई परिमार्जन गर्ने भएको छ । एलन मस्कले स्वामित्व लिएसँगै उनले ट्विटरको प्रमाणिकरण प्रक्रिया परिमार्जनको तयारी भइरहेको बताएका हुन्।

‘सम्पूर्ण प्रमाणिकरण प्रक्रिया अहिले परिमार्जन भइरहेको छ

’, मस्कले आफ्नो ट्विटमा भनेका छन् । यद्यपि उनले के कस्ता फिचरहरू परिवर्तन हुनेबारे स्पष्ट पारेका छैनन् ।ट्विटरले आफ्नो खाता प्रमाणित गर्ने नीलो चेक मार्कको लागि शुल्क लिने तयारी गरिरहेको पनि टेक्नोलोजी न्यूजलेटर प्लेटफर्मरले दाबी गरेको छ। जसअनुसार प्रयोगकर्ताहरूले प्रति महिना ४.९९ अमेरिकी डलरसम्म तिुर्नपर्ने हुन सक्छ ।

हालसम्म टेस्ला इंकका सीईओसमेत रहेका मस्कले अन्तिम निर्णय भने गरेका छैनन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ११:०२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।