काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगेकी छन् । कार्की ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिइन् । तर उनी बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
त्यसविरुद्ध रिट लिएर उनी सर्वोच्च अदालतमा पुगेकी हुन् । आयोगको निर्णय निष्पक्ष नभएको तथा बाहिरी शक्तिको प्रभाव परेको आशंका समेत उनले गरकी छन् । उनको पक्षबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले मुद्दा लड्ने छन् ।




















प्रतिक्रिया