Logo

अर्थ

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा लाभांश घोषणा



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८÷०७९ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले १६ दशमलव ५१ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १४:५३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।