Logo

प्रमुख समाचार

‘संघीय संरचना कार्यान्वयनमा आवश्यक सबै कानुनहरु एकवर्ष भित्रमा तर्जुमा गरिसक्ने’



काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय संरचना कार्यान्वयन गर्न आवश्यक पर्ने सम्पूर्ण कानुनहरु एक वर्ष भित्रमा तर्जुमा गरिसक्ने जनाएको छ । माओवादीले स्वतन्त्र, निष्पक्ष र जनताप्रति उत्तरदायी न्यायापालिकाको व्यवस्थागर्न वर्तमान संविधानले अंगीकार गरेको अदालतको तहलाई पुनर्संरचना गरी नेपालको भूगोल, समाजिक संरचना, संस्कृति लगायतका विधिलाई सम्बोधन गर्ने गरी ‘न्यायामा जनताको पहुँच’को अवधारणालाई कार्यान्वयन गरिने प्रतिबद्धता जनाएको छ ।

आज (सोमबार) सार्वजनिक गरेको चुनवाी घोषणापत्रमा माओवादी केन्द्रले राज्यका तीन वटै अंग कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाले संविधानले निर्दिष्ट गरेको अधिकार स्वतन्त्र रुपमा प्रयोग गर्ने र एकले अर्काको अधिकारमा हस्तक्षेप नगर्ने परिपाटीको विकास गर्ने उल्लेख गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजालासको प्रभावकारिता फितलो भएको सर्वत्र महसुस भइरहेको भन्दै छुट्टै संवैधानिक अदालतको स्थापनाको पहल गरिने, सर्वोच्च अदालत लगायत सबै तहका अदालतका न्यायाधीहरुको नियुक्ति प्रक्रियालाई विवादरहित र पारदर्शी बनाउन न्यायाधीशहरुको योग्यता, क्षमतासम्बन्धी मापदण्ड र नियुक्ति प्रणालीलाई व्यवस्थित गरिने, यसका लागि विद्यमान न्यायपरिषद् ऐनमा आवश्यक संधोधन गरी न्यायापरिषद्को संरचना समेत परिवर्तन गरिने भनिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १८:१८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।