धरान । चर्चित गायिका अस्मिता अधिकारी डिभाइन वाइनको आयोजनामा आउँदो बुधबार देखि हुन लागेको ‘डिभाइन नाईट द म्युजिकल विथ अस्मिता अधिकारी’को लागि पूर्वका चार शहरमा आफ्नो एकल प्रस्तुति दिदैछिन् ।
नेपाली फिल्म तथा आधुनिक–पप गीतहरुमा अहिले निक्कै लोकप्रिय मानिएकी गायिका अस्मिता अधिकारीले भाइरल इन्टरटेन्मेन्ट र सिल्भर इन्टरटेन्मेन्टको व्यवस्थापनमा आउँदो कार्तिक १६ गते धरानको भिन्टेज क्याफे एण्ड लज बारमा, १७ गते उर्लाबारीको टोटाला रेस्ट्रो एण्ड बारमा, १८ गते विराटनगरको तृष्णा द कार्भिंग टेल्समा र १९ गते बिर्तामोडको मोक्ष रेस्ट्रो एण्ड बारमा ब्याडका साथ आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्नेछिन्।
नेपाल आइडलको दोस्रो सिजनमा थर्ड रनरअप भएकी झापा स्थायी घर भएकी गायिका अधिकारीको ‘बाबरी रङ्गमा’मा संगै काफल कमल, टाढा भएपनि, लज्जावती झार, को होला त्यो, साली मन पर्यो, तिम्रो मायाले बाँधेर राख, रम रम मरौती लगायत थुप्रै गीतहरु चर्चित छन्।





















प्रतिक्रिया