Logo

अन्तर्राष्ट्रिय

एलन मस्क भन्छन् : ट्विटरका सीईओ को हुन्, मलाई थाहा छैन



काठमाडौं । ट्विटरको पूर्ण स्वामित्व लिएका एलन मस्कले आफूलाई ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थाहा नभएको बताएका छन् । ट्विटरको मालिक बनेका उनले धेरै कुरा सिक्न बाँकी रहेको भन्दै आइतबार उनलाई ट्विटरको स्वचालित प्रणालीबाट ईमेल आयो । ४४ अर्बमा ट्वीटर खरिद गर्ने सम्झौता गरेपछि ट्विटर पूर्ण रूपमा मस्कको नियन्त्रणमा छ ।

आइतबार ट्विट गर्दै मस्कले भनेका छन्, ‘भर्खरै ट्विटरबाट ईमेल आयो । यो वास्तविक तथा स्वतः तयार भएको ईमेल हो । उनले मजाक गर्दै भने, ‘त्यसैले यो सिक्नका लागि ३० दिनको माग गरेको छु ।’

सोही ट्वीटमा एक जना प्रयोगकर्ताले ट्वीटरको सीईओ को हो भनेर सोधेका थिए । उक्त ट्वीटको रिप्लाई दिँदै मस्कले भनेका छन्, ‘म ‘चिफ ट्वीट’ भन्ने कुरा मेरो बायोबाट नै प्रस्ट छ । सीईओ को हो मलाई केही थाहा छैन ।’

कम्पनीको पूर्ण स्वामित्व आफूले लिएपछि मस्कले सबैभन्दा पहिले पूर्व सीईओ पराग अग्रवालसहित शीर्ष तहका कर्मचारीलाई बर्खास्त गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार ११:२०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।