Logo

प्रमुख समाचार

प्रधानमन्त्रीलाई भेट्न प्रकाण्ड बालुवाटारमा



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेता प्रकाण्डले देउवासँग भेटवार्ता गरेका हुन् । प्रकाण्डले आफ्ना नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता र जेलका बन्दी रिहा गर्न देउवासँग आग्रह गरेका छन् ।

शान्ति प्रक्रियामा आएको लामो समय बितिसक्दा पनि सरकारले मुद्दा फिर्ता र जेलका बन्दी रिहा नगरेपछि नेकपाले सरकारलाई दबाब दिइरहेको छ । 
 
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा आएको नेकपाका माग अझै पूरा हुन भने सकेकाे छैन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १३:५४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।