Logo

प्रमुख समाचार

सत्ता गठबन्धनमाथि आरोप थाेपर्दै मतदातासामू ओलीले तेर्स्याएका यी ६ प्रश्न



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनविरुद्ध विभिन्न आरोप थोपर्दै मतदातासामू ६ प्रश्न तेर्स्याएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिभिसभा र प्रदेशसभा निर्वाचनका लागि आज (मंगलबार) पार्टीले सार्वजनिक गरेको घोषणापत्रमार्फत उनले यस्तो प्रश्न उठाएका हुन् ।

गम्भीर र संवेदनशील राष्ट्रिय परिस्थितिका बिचमा निर्वाचन हुन लागेकोले यसको विशेष महत्त्व रहेको उल्लेख गर्दै उनले प्रत्येक मतले मुलुकको आगामी बाटो र भविष्यको फैसला गर्ने बताएका छन् । राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको बताउँदै उनले स्वार्थमा आधारित गठबन्धन रोज्ने कि नीतिगत नेतृत्वमा आधारित बलियो राष्ट्रिय शक्तिको निर्माण (?) भनेका छन् ।

यी हुन् एमाले र गठबन्धनबीच फरक छुट्याउँदै ओलीले उठाएका ६ सवाल

  • राष्ट्रिय हित, स्वाधीनता र स्वाभीमानको रक्षा कि बाह्य सम्बन्धमा गम्भीर विचलन र राष्ट्रिय हितमा आघात ?
  • राजनीतिक स्थायित्व कि सत्ता बाँडफाँडका नामा अन्त्यहीन अस्थितरता र किचलो ?
  • मितव्ययी, पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था कि सीमित व्यक्तिहरुको स्वार्थ पूतिका लागि राज्यसंयन्त्रको दुरुपयोग ?
  • राष्ट्रिय पुँजी निर्माण, आत्मनिर्भरता र मुलुकको समृद्धि कि अर्थतन्त्रको दोहान, परानिर्भरता र बर्बादी ?
  • समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको प्राप्ति कि सीमित नेताहरुको स्वार्थपूर्तिको परिर्पर्ति ?
  • स्वार्थमा आधारित गठबन्धन कि नीतिगत नेतृत्वमा आधारित बलियो राष्ट्रिय शक्ति निर्माण ?

एक मतले देशको भाग्य कोर्ने भएकाले मत खसाल्नुअघि यी प्रश्नहरुमा गम्भीरतापूर्वक विचार गर्न ओलीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १५:५०   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।