Logo

अर्थ

समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने एमालेको ग्यारेन्टी



काठमाडौं । नेकपा एमालेले समृद्धिको अभियानमा बाधक रहेका नीतिहरुमा सुधार गर्ने ग्यारेन्टी गरेको छ । आसन्न संघ र प्रदेशसभा निर्वाचनका लागि मंगलबार घोषणापत्र सार्वजनिक गर्दै समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने दाबी गरेको हो ।

एमालेले अति राजनीतिकरणका कारण असक्ष मबनेका राज्यका विभिन्न संस्थाहरुलाई पुनर्संरचना गरी सक्षम र व्यवसायिक बनाइने, नागरिक प्रशासनलाई सक्षम, व्यवसायिक र जनताप्रति उत्तरदायी बनाइने, राज्यका निकायहरुबीच अन्तर्निकाय समन्वयको प्रभावकारी व्यवस्था गरिने, कार्यसम्पादनको सुनश्चितताका लागि प्रभावकारी अनुगमनको संरचना निर्माण गरिने उल्लेख गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १७:१०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।