काठमाडौं । नेकपा एमालेले ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने घोषणा गरेको छ । आगामी चुनावका लागि मंगलबार घोषणापत्र सार्वजनिक गर्दै एमालेले ‘निरोगी नेपाल, सवल नागरिक’को नीति अघि बढाउने ग्यारेन्टी गरेको हो ।
सबै नागरिकलाई निरोगी रहने उपाय अवलम्बन गर्न सचेत गराउँदै सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पु¥याइने उल्लेख छ । यसैगरी प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सहज बनाइने, सबै पालिकामा आधारभूत अस्पताल र प्रदेशहरुमा विशिष्टीकृत अस्पतालको व्यवस्था गरिने, प्रसूति सेवासहित महिला स्वास्थ्यको रक्षा गरिने, सबै बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरिने र अधिकाश रोगको उपचार स्वदेशमा नै हुने प्रबन्ध गयििरने भनिएको छ ।




















प्रतिक्रिया