Logo

अर्थ

पाँच सय रुपैयाँले महंगियो सुन



काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो ।

योसँगै प्रतितोला छापवाला सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९३ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो । मंगलबार प्रतितोला छापवाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार २२५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले बढेर १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार ११:३७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।