काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको हो । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ आउँदो मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक कलोज गर्ने निर्णय गरेको छ ।
यसअर्थ मंसिर १ गते (मंसिर २ गते शुक्रबार र ३ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले आउँदो वार्षिक साधारणसभाबाट लाभांश स्वीकृत गरी ४५ दिनभित्र सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ ।




















प्रतिक्रिया