Logo

अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १६.१४ अंकले घटेर एक हजार ९ सय २२ दशमलब १६ विन्दुमा बन्द भएको हो ।   

आज नेप्सेमा ८९ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य ६.५६ प्रतिशतले बढेर प्रतिकित्ता १९ हजार पाँच सय रुपैयाँ पुगेको छ । कारोबार खुलेको सुरुवातदेखिनै यस कम्पनीको शेयरमूल्यमा वृद्धि भइरहेको थियो ।  

नेप्सेका अनुसार वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज ४ करोड ३ लाख भन्दा बढीको कारोबार भएको छ ।     

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १५:५२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।