Logo

प्रमुख समाचार

एमाले केन्द्रीय सदस्य रीताकुमारीद्वारा पार्टी परित्याग



काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला सहईन्चार्ज रीता कुमारीले पार्टी परित्याग गरेकी छन् । उनले एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली तथा नीतिप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरेकी हुन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्, ‘पछिल्लो समय हुँदै आएको देश र जनताको अहितका गतिविधिहरूप्रति मेरो निरन्तर फरक मत एवम् आपत्ति रहँदै आएको छ । तर पार्टीभित्र फरक मत राख्नेलाई निषेध गर्ने गुटगत मानसिकता हाबी भएको कारण देश र जनताको पक्षको हाम्रो बोलीलाई निरन्तर दबाउने कार्य हुँदै आएको छ । यथास्थितिवादी र प्रतिगामी तत्वहरुसँग गहिरो रुपमा एमालेले साँठगाँठ गरेको वर्तमान परिपेक्ष्यमा नेकपा एमालेले मुलुकलाई निकास दिन नसक्ने निष्कर्षसहित एमालेको साधारण सदस्य समेत नरहनेगरी केन्द्रीय कमिटी सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको सम्पूर्णमा जानकारी गराउँछु ।’

उनले एमालेले जसपा र राप्रपासँग गरेको चुनावी तालमेलको पनि आलोचना गरेकी छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १६:२४   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।